२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

चाडपर्व लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा

३० भदाै, काठमाडौं । सोमबारदेखि देशभर सरकारी सहुलियत पसल (सुपथ मूल्य पसल) सञ्चालनमा आएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएका पसलहरुमा सर्वसाधारणहरुले किनमेल गरिरहेका छन् । सुपथ मूल्य पसलमा नुन, चामल, तेललगायतका सामानमा बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १६:२३