२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

आन्दोलनबाट बैंकका ६८ कार्यालयमा आक्रमण, प्रणाली सबै ठिकठाक छः गभर्नर पौडेल

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको बताउनुभएको छ ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिनुभएको हो । ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन्’ गभर्नर पौडेलले भन्नुभयो ।

अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनु पर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताउनुभयो । साथै, गभर्नर पौडेलले अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुने बताउनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १५:२६