ग्लोबल आईएमई क्यापिटलको साधारण सभाको समय र स्थान परिवर्तन
३० भदौ, काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुने स्थान र समय परिवर्तन भएको छ । असोज १ गते काठमाडौंको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुने भनिएको कम्पनीको १८ औं सभाको स्थान र समय परिवर्तन गरिएको हो ।
अब उक्त सभा असोज १ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १०:२२













