८ असार २०८३, सोमबार | Mon Jun 22 2026

झापा इनर्जीको आईपीओमा आवेदन दिने अवधि थप

३० भदौ, काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले गत भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा २४ गतेसम्म मात्रै आवेदन दिन सकिने भनिएको थियो । तर सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि आज एक दिनका लागि थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता आईपीओ निष्काशन गरेको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 15, 2025 at 10:07 am