सानिमा जिआईसी इन्स्योरेन्सको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
३० भदौ, काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक सेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै सो सेयर बिक्रीमा राखिएको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खिरदका लागि कुनैपनि आवेदन नपरेपछि आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार ०९:५२














