बन्दीपुर केबलकारको आईपीओ आज बाँडफाँड हुँदै, २० लाख बढीको हात खाली
३० भदौ, काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो ।
कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जना आवेदकबाट २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड गरिने छ ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ३४ हजार १०८ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार ०९:३३












