मन्त्रिपरिषद्मा थपिने भए रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ
२९ भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्री भोलि थपिने भएका छन । प्रधानमन्त्री निकट स्रोतका अनुसार गृह, अर्थ र उर्जा मन्त्रीको टुंगो लागेको छ । गृहमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयमा रामेश्वर खनाल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको टुंगो लागेको छ । उहाँहरूको भोलि सपथ हुनेछ ।

गृहसँगै अर्यालले कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुहुनेछ । त्यस्तै घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाउने जनाइएको छ ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार २२:०२








