राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको क्षति बारे गभर्नर पौडेलले लिए जानकारी
२९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वर शाखाको अवलोकन गर्नुभएको छ ।
बैंकको शाखामा आइतबार गभर्नर पौडेलले क्षति बारे जानकारी लिनुभएको हो । गत भदौ २३ गते जेनजी आन्दोलनमा सो शाखामा प्रदर्शनकारीहरुले तोडफोड र लुटपाट गरेका थियो ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १७:५०












