बैंक लुटेराले फ्याँकेको ५ लाख १० हजार देउलाले प्रहरीलाई बुझाए
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सडकमा लुटेराले फ्याँकेको रकम एक जनाले प्रहरीमा फिर्ता गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने ३७ वर्षका सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वरमा लुटपाट गरी बाटोमा फ्याँकेको ५०० दरको ५ लाख र बाटोबाट टिपेको खुद्रा १० हजार ५०० रुपैयाँ फेला पारी जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ।

भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा दोस्रो दिन देशका विभिन्न क्षेत्रमा सरकारी र निजी भवनमा लुटपाट भएको थियो । वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १४:५२












