४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

आन्दोलनले महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा पुर्णरुपमा क्षती

२९ भदाै, काठमाडौं । गत २३ र २४ गते देशभर भएको जेनजीको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन बैंकले एक सूचना निकालेर अनुरोध गरेको छ । साथै बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पुर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको बैंकले जनाएको छ ।

यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौ । साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

उक्त घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दछ । साथै शुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १३:४१