१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

आजदेखि बैंकिङ सेवा पूर्णरुपमा संचालनमा

२९ भदौ, काठमाडौं । बैंकिङ सेवा आइतबारदेखि पूर्णरुपमा संचालनमा आएको छ । जेनजी आन्दोलनका कारण केही दिन अवरुद्ध भएको सेवा आजदेखि पूर्णरुपमा संचालनमा आएको हो ।

यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि बैंकहरू बन्द भएको थियो । तर अवस्था सामान्य बन्दै गएपछि आजदेखि मुलुकभरका बैंक तथा वित्तीय संस्था पुनस् पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । आन्दोलनको क्रममा क्षति पुगेका शाखा र एटिएमहरू पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १३:०१