२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

आजदेखि दसैंका लागि सुकिला नोट सटही गर्न सकिने

२९ भदौ, काठमाडौं । आजदेखि दसैंका लागि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दसैँका लागि लक्षित गर्दै तोकिएका बैंकहरुबाट सुकिलो नोट वितरण सुरु गरेको जनाएको छ ।

राष्ट्र बैंकका तोकिएका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक बण्डल गरी कुल १८ हजार ५०० रुपैयाँ बराबरको नोट साट्न पाउनेछन् ।

प्रकाशित मिति : 12:27