नेतृत्वले गल्ती गरिरहने, बोझ पार्टीले बोकिदिनु पर्ने भन्दै सुमनाद्धारा रास्वपा छाेडेकाे घाेषणा
२९ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्नुभएको छ ।
आइतबार रास्वपा छोडेको जानकारी दिँदै उहाँले भन्नुभयो ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उहाँले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराउनुभएको छ । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने रु’ उहाँले भन्नुभएको छ , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १२:२७








