हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२९ भदौ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी यस दिन ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:०८












