१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

हाथवे इन्भेष्टमेन्टको साधारण सभा सर्याे

२९ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण सभा मिति सरेको छ । कम्पनीले भदौ २५ गतेका लागि बोलाएको साधारण सभा भदौ ३१ गतेलाई सारेको हो ।

कम्पनीले आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यसको अर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:००