६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पियोर इनर्जीको स्थगित साधारण पुनः आह्वान

२९ भदौ, काठमाडौं । पियोर इनर्जी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति तय भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि बोलाएको आठौं वार्षिक साधारण सभा देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी स्थगित गरिएको थियो ।

 उक्त सभा अब कम्पनीले असोज ७ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा पूर्वनिर्धारित स्थानकाठमाडाैंको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरिसेको छ । यसकाे अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै उक्त सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : 10:31