डा. केसीले अनसनबाट निस्कीएर खुसी मनाए हुन्छः सांसद भट्टराई
१० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको जित भएकोले अनसनबाट निस्कीएर खुसी मनाउन अनुराेध गरेका छन् । भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरेका छन् ।
सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने दाबी गरे । उनले भने, आजै कार्यबाहक प्रधानमन्त्रीले स्पष्टीकरण दिने योजनामा थियौं तर, अवरोधका कारण बोल्न पाउनु भएन । तर, म भन्न चाहन्छु, तनहुँ र बाँकेका दुबै अस्पताल विचल्लीमा पर्ने छैन बजेट व्यवस्थापन गरेर सञ्चालन गर्छ ।’
प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १५:३१