१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

अनेरास्ववियुद्वारा रक्तदान कार्यक्रम

२८ भदाै, काठमाडाैँ । एमाले निकट अनेरास्ववियुले आज काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

अनेरास्ववियुका महासचिव दिपक धामीले जेनरेशन जेड (Gen Z) आन्दोलनका क्रममा धेरै घाइते भएकाले र अस्पतालमा रगतको अभाव देखिएको हुँदा यस्तो कार्यक्रम गरिएको जानकारी दिए। “घाइते तथा बिरामीहरू रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हामीले रक्तदान कार्यक्रम गरेका हौँ,” उनले भने।

कार्यक्रम आरआर क्याम्पस स्ववियुको व्यवस्थापनमा सम्पन्न भएको हो। आरआर स्ववियुका सभापति लोकेस खड्काका अनुसार करिब १०० जनाले रक्तदान गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार १४:५०