२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

प्रतिनिधिसभामा राष्ट्रपति रामचन्द्र पौडेलको ‘कु’

२७ भदाै, काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभामा ‘कु’ गर्नुभएको छ । संविधानविपरित नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्नुभएको हो । कार्कीको एक सदस्यीय मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेपछि राष्ट्रपतिले त्यसैलाई अनुमोदन गर्नुभएको छ ।

जननिर्वाचित प्रतिनिधिसभाले निर्वाचित गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट सिफारिस गरेर गरेको विघटन असंवैधानिक भनेर व्याख्या र फरक मत राख्ने कार्कीले नै सिफारिस गरेर संसद विघटन भएको छ । विघटनसँगै फागुन २१ गते चुनाव गर्ने निर्णय भएको छ ।

आन्दोलनको भावना भन्दै शुक्रबार राति निर्दलीय सरकारको घोषणा गर्नुभएको छ । जेनजी पुस्ताका प्रतिनिधि नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेर ६ महिनाभित्र चुनाव गर्ने म्याण्डेट दिइएको छ । संविधानको धारा १३२(१) र (२) अनुसार कार्की नेतृत्वको सरकार असंवैधानिक हो ।

dainiki.com

राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा अन्तरिम सरकार गठन गरेको बताउनुभएको छ ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।
उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो । त्यसका लागि ओलीले पनि सिफारिस गरेको बुझिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार २३:४४