१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

पेशागत सञ्जालद्वारा संविधान, शान्ति र लोकतन्त्रका लागि शान्तिपूर्ण प्रदर्शन

२७ भदौ, काठमाडौँ । शान्ति र लाेकतन्त्रका लागि पापडले शान्तिपूर्ण प्रदर्शन गरेकाे छ ।

नेपाल बार एसोसिएनको परिसरमा आज साँझ भेला भएर कानुन व्यवसायी, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघ, नेपाल इञ्जियिनररिङ एशोसिएशन, नेपाल प्राध्यापक संघका प्रतिनिधि भेला भएर दीप प्रज्वलन गरेर शान्तिपूर्ण प्रदर्शन हुन् ।

नेपाल पत्रकार महासंघकाे नेतृत्वमा काठमाडाैँ उपत्यका बाहिर पनि आज शान्तिपूर्ण प्रदर्शन गरिएकाे छ ।

dainiki.com

‘संविधानको रक्षा गरौँ, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौँ’, ‘संविधान बचाऔँ, देश जोगाऔँ’ लगायत प्लेकार्ड बोकेर संविधानभित्र रहेर मुलुकलाई निकास दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार २१:३३