पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, ६ महिनाभित्र चुनाव गराउनुपर्ने
२७ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतको प्रथम महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । जेनजी पुस्ताको प्रतिनिधि बनेर उहाँ मन्त्रीमा नियुक्त हुनुभएको हो । कार्की न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको लागि परिचित मानिनुहुन्छ ।

कार्की कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वता भएको अनुभवी हुनुहुन्छ । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेको भनेर जेनजी पुस्ताले उहाँलाइ प्रधानमन्त्रीको रूपमा रोजेको हो । उहाँको नियुक्तिमै ६ महिनाभित्र चुनाव गराउनुपर्ने म्यान्डेट उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार २१:५०








