आगलागी भएको भाटभटेनीमा तीन जनाकाे शव फेला
२७ भदौ, काठमाडौं । धरानस्थित भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा आक्रोसित युवाले धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो लगाउँदो उक्त भवन क्षतिग्रस्त भएको थियो । अहिले सो भवनभित्र हेर्दा तीन वटा शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको हो भने चौथो तलामा थप २ शव फेला परेका थिए । मृतकको परिचय भने खुल्न बाँकी छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ ।
भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका प्रहरीले गरेकाे छ ।
प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १७:२१












