१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

जेनजी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटका तस्बिर तथा भिडियो पठाउन प्रहरीको आग्रह

२७ भदाै, काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटसम्बन्धी तस्बिर तथा भिडियो पठाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाउन आग्रह गरेको हो ।

‘यहि, भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं,’ प्रहरीले भनेको छ ।

त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १६:११