असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
२७ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९०(१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि सेयरबजार बन्द छ । देशको विषम परिस्थितिका अझै सहज नभएको कारणले सेयर कारोबार बन्द गरेको नेप्सेले बताएको छ ।
प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १५:५५














