४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

कारागारबाट भागेका पाँच कैदीबन्दी प्रहरी नियन्त्रणमा

२७ भदौ, कञ्चनपुर । कञ्चनपुरस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागूऔषधका एक, जबर्जस्तीकरणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । कारागारबाट भागेका अरू कैदी–बन्दीको खोजतलासको कार्य भइरहेको उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १५:३०