नख्खु कारागारबाट फरार भएका कैदी बन्दीलाई तत्काल सम्पर्कमा आउन अपिल
२७ भदाै, काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरु सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ । नक्खु कारागार प्रशासनले सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी)लाई सम्पर्कमा आउन भनेको हाे । प्रशाशनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।
नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी भागेका छन् । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले पक्राउ गरेको छ । ‘अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १४:३२












