१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी

२७ भदौ, काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले शुक्रवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेसँगै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको हो ।

आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १४:०४