२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

२७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो।

यस अघि सुनको उच्च मूल्य प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको थियो। अघिल्लो कारोबारको दिन भने सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन चाँदी तोलाको ६० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ११:३४