१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

आफ्नो घरको गेटको फोटो राख्दै शेखर गोल्छाले भनेः नयाँ नेपालको सपना पुरा होस्

२७ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा हुनेमा आफु आशाबादी रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो वक्तव्य दिँदै उनले केही व्यवसायीमाथि भएको विभत्स आक्राणबाट परिवार प्रभावित भए पनि आफू निराश र विचलित नभएको बताए ।

‘देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्’ उनले भनेका छन, ‘केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’ उनले लेखेका छन् ।

उनले अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिल्ने समेत बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ११:२७