१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

भ्रामक र झुटा सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

२७ भदाै, काठमाडाैं । नेपाली सेनाले नेपालको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम नागरिकमा अनुरोध गरेको छ।

जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।’

यस्ताे छ नेपाली सेनाले जारी गरेकाे सूचनाः

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १०:२३