२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । गत मंगलबार जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका हुन् ।

बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १०:०५