१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

२७ भदाै, काठमाडाैं। नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै हाल देशमा सिर्जित विषम् परिस्थितीमा सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह गरेको हो ।

‘नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ’राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ०९:३६