१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

नेपाल इन्स्योरेन्सको करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

२७ भदौ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ९७ हजार ४२।७६ कित्ता सेयर लिलामीमातर्फ आजदेखि बिक्री गर्न लागेको हो ।

कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फ १ लाख ९२ हजार ५७४ कित्ता रहेको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय, र क्यापिटलको पोखरा,बुटवल वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरुबाट  असोज ५ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ०९:२२