२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

२६ भदौ, काठमाडौं । नख्खु कारागारबाट भागेका सञ्जय साह टकला पक्राउ परेका छन्। बिहीबार काभ्रेमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई पक्राउ गरेका हुन्।

पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जनाइएको छ ।  पूर्वराज्यमन्त्री समेत रहेका उनी टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।

टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ। उनी बुधबार जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका थिए।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १६:३६