१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

कारागारबाट भागेका कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरीको आह्वान

२६ भदौ, काठमाडौँ । नेपाल प्रहरीले कैदीबन्दी र अभियुक्तहरुलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ ।बिहीबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी कार्यालय तथा कारागारमा तोडफोड र आगजनीपछि भागेका सबै कैदीबन्दीलाई सुरक्षा निकायमा सम्पर्कमा आउन आह्वान गरेको हो ।

‘यही मिति २०८२ साल भाद्र २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरु तथा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनीपश्चात् अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरु र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदी बन्दीहरु भागी निस्केकाले त्यस्ता अभियुक्त र कैदी बन्दीहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरु वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरुमा समेत यथाशीघ्र सम्पर्कमा आउनु हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १६:२६