१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

काठमाडाैंकाे सुन्धाराअगाडि जेनजीका दुई समूहबीच हानाहान

२६ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि जेनजीका दुई समूहबीच झडप भएको छ । बिहीबार काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच हानाहान भएको हो ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो । जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो । अर्को समूहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ । त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १५:१९