त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
२६ भदौ, काठमाडैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।
सूचनामा असहज परिस्थितिका कारण सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:५२












