१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

एनसेलले निःशुल्क लोकल भ्वाइस कलको समय सीमा थप्यो

२६ भदाै, काठमाडौं । एनसेलले निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवाको समय थपेको छ । एनसेलले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिँदै अब उक्त सेवा शुक्रवारसम्म प्रयोग गर्न सकिने जानकारी दिएको हो ।

देशमा भएको अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा उपलब्ध गराएको एनसेलले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:०६