सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगी अड्डा बाहिर जेनजीकै बिरोध
२६ भदौं , काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने तयारी भइरहेको भन्दै युवाहरूले विरोध जनाएका छन् ।
बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले कार्कीलाई सरकार प्रमुख बनाउने प्रयासप्रति असहमति व्यक्त गर्दै यस्तो निर्णय आफूहरूको माग विपरीत हुने बताएका छन् ।
उनीहरूले जेनजी आन्दोलनको उद्देश्य कार्कीलाई नेतृत्वमा पुर्याउने नभई भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अन्त्यका लागि भएको जनाएका छन् ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १३:१०












