आंशिक रुपमा खुले बैंक, दिउँसो २ बजेसम्म सेवा दिने
२६ भदाै, काठमाडाैं । बैंकहरुले आजदेखि काठमाडाैं उपत्यकामा आफ्नो आंशिक सेवा सुचारु गरेका छन् । नेपाल बैंकर्स एशोसिएसन (एनबीए) को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँगको समन्वयमा सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने निर्णयअनुसार बैंकहरु खुल्न थालेका हुन् ।
वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन्। बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुई/दुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १२:४०












