२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एमालेका १८ पदाधिकारी मध्ये ८ जनाको मोबाइल अफ, अन्यको यस्तो छ अवस्था

२६ भदाै, काठमाडाैँ । नेकपा एमालेका १८ जना पदाधिकारी मध्ये ८ जना नेताको मोबाइल अफ रहेको नेपाल बाैद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले जानकारी दिनुभएको छ । उहाँले १८ जना पदाधिकारीसँग नै सम्पर्कको प्रयास गरेको जानकारी दिँदै ८ जना नेताको मोबाइल अफ रहेको जानकारी दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘सबैलाई जानकारी, मैले आज नेकपा एमालेका सबै १८ जना पदाधिकारीहरूलाई फोन गरे। १८ जना मध्ये आठ जनासँग कुराकानी भयो। दुईजनाको फोन उठेन आठ जनाको मोबाइल स्विच अफ छ। मेरो जानकारी भए अनुसार सबै ठिक हुनुहुन्छ। सबै नेतालाई नेकपा एमालेको सचिवालयको भर्चुअल बैठक बसी पार्टीको लेटर प्याडमा विज्ञप्ति जारी गर्न अनुरोध गरेको छु। आशा गरौं सायद छिट्टै विज्ञप्ति आउने छ।’

एमालेका पदाधिकारी मध्येका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल नेपाली सेनाको शिवपुरी स्थित तालिम केन्द्रमा हुनुहुन्छ । एक जना पदाधिकारी नेपाली सेनाको भैरवनाथ गणमा हुनुहुन्छ भने अन्य पनि सुरक्षितस्थानमै हुनुहुन्छ ।

dainiki.com

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १२:२३