कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
२६ भदौ, काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।
एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएका छन् । घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ०९:३७












