गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री
२५ भदौ, काठमाडौँ । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।
मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २६ वर्षीय सुरज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १८:०५












