घरबाटै काम गर्ने व्यवस्था मिलाउन बीमा प्राधिकरणको निर्देशन
२५ भदाै, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो ।
‘हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरु तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १६:५८












