२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर

२५ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १५ राउन्ड हवाई फायर गरेको छ ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १४:५४