१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हालसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

११ माघ, काठमाडाैँ । भारतले हालसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको बताएको छ। बिहीबार राति संसारकै सबैभन्दा हल्का उपग्रह कलाम –सैट विटू पृथ्वीको कक्षमा स्थापना गरेको भारतीय स्पेस एजेन्सी इसरोले जनाएको छ ।

यसका साथै इमेजिंग उपग्रह माइक्रोसैट आर को भी लाई पनि अंतरिक्षमा पठाइएको छ । यी दुवै उपग्रहको एकसाथ उद्घाटन गरिएको हो ।यो उपग्रह कलाम सैटकै एकजना विद्यार्थीले बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इसरोका प्रमुख डाक्टर के सिवन ले द संसारकै हल्का उपग्रह कलाम सैट बनाउने विद्यार्थीलाई बधाई दिएका छन् । उनले यो भारतको सम्पत्ति भएको बताएका छन्।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ०९:१५