पोखरामा आगजनी गरिएको घरमा थप एक जनाको शव फेला
२५ भदौ, काठमाडौं । पोखराको लेकसाइडमा आन्दोलनकारीले मंगलबार जलाइदिएको एक घरमा शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो ।
अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको जनाएको छ ।
यसअघि आज मात्रै थापाका भाइ ध्रुवको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो । प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १४:४०








