३ दिनका लागि टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निः शुल्क
२५ भदौ, काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि निः शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । कम्पनीले मंगलबार रातिदेखि यो सेवा उपलब्ध गराएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि सेवा प्रदान गरिएको बताउनुभयो ।
यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ ।
निस्शुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको रहेको छ र भ्वाइस कल नेपाल टेलिकमको नेटवर्कभित्र ९अननेट० मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:५२








