डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो, स्थानान्तरण गरिँदै
२५ भदौ, काठमाडौं । बाठमाडौंको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।
यतिबेला कारागारबाट आगोको मुस्लो निस्किरहेको छ । कारागारको अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि सेनाले सुरक्षा दिईरहेको छ ।आगजनी भएसँगै कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भईरहेको जनाइएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:३६








