उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि कुनै आक्रमण भएको छैनः सचिवालय
२५ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कुनै आक्रमणमा नपरेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पाैडेलको स्वकीय सचिव यम पाण्डेले बुधबार बिहान फेसबुक मार्फत यसको जानकारी दिनुभएको हो ।

स्वकीय सचिव पाण्डेले भन्नुभएको छ, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियोहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:२०












